नियम १५क
जीवन बिमा तथा निर्जीवन बिमा व्यवसाय गर्दै आएका बिमकले अलग अलग संस्थाको रूपमा बिमा व्यवसाय गर्नुपर्ने
(१) यो नियम प्रारम्भ हुनुभन्दा अघि जीवन बिमा तथा निर्जीवन बिमा व्यवसाय संचालन गर्ने गरी दर्ता भई जीवन बिमा तथा निर्जीवन बिमा व्यवसाय संचालन गर्दै आएका बिमकले समितिले तोकेको मितिदेखि जीवन बिमा र निर्जीवन बिमा व्यवसाय गर्ने अलग–अलग संस्थाको रूपमा बिमा व्यवसाय गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जीवन बिमा र निर्जीवन बिमा व्यवसाय गर्ने अलग– अलग संस्थाको रूपमा बिमा व्यवसाय गर्दा बिमकले देहायका शर्तहरू पूरा गर्नु पर्नेछ ।
(क) प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी गर्दै आएको दुई बिमा व्यवसायमध्ये कुनै एक बिमा व्यवसाय मात्र गर्ने व्यवस्था
गर्ने र अर्को बिमा व्यवसाय संचालन गर्नको निमित्त प्रचलित कानूनका अधीनमा रही अर्को संस्था खडा गर्ने ।
(ख) खण्ड (क) बमोजिम बिमा व्यवसाय गर्ने अलग अलग संस्थाको व्यवस्थापन अलग–अलग रूपमा गर्ने ।
(ग) प्रत्येक संस्थाको लागि अलग–अलग रूपमा भुक्तानी पुँजी उठाउने व्यवस्था गर्ने ।
(घ) जीवन बिमा र निर्जीवन बिमा व्यवसाय अलग–अलग ढंगबाट सञ्चालन गर्ने सम्बन्धमा समितिले तोकिदिएका अन्य शर्तहरू
पूरा गर्ने ।
(३) उपनियम (१) र (२) बमोजिम जीवन बिमा र निर्जीवन बिमा व्यवसाय गर्ने अलग–अलग संस्थाको रूपमा बिमा व्यवसाय गर्दा बिमकले ऐनको दफा २१ बमोजिमको बिमा कोषमा जम्मा रहेको रकममध्ये जीवन बिमातर्फको रकम जीवन बिमा व्यवसाय गर्ने संस्थाको नाममा र निर्जीवन बिमातर्फको रकम निर्जीवन बिमा व्यवसाय गर्ने संस्थाको नाममा छुट्टा छुट्टै बिमा कोष खडा गरी जम्मा गर्नु पर्नेछ ।